दफा ६
विशेष अदालतको अधिकारक्षेत्र र प्रयोग
(१) खास किसिमका मुद्दाको शुरु कारबाही र किनारा विशेष अदालतबाट गरिनेछ ।
(२) विशेष अदालतको अधिकारक्षेत्रको प्रयोग इजलासमा रहेका सबै सदस्यले सामूहिक रूपमा गर्नेछन् । तर एक सदस्य भएको इजलासले थुनछेक सम्बन्धी कारबाही बाहेकको मुद्दाको अन्य कारबाही र दुई सदस्य भएको इजलासले थुनछेक सम्बन्धी कारबाही र मुद्दाको किनारा गर्न सक्नेछ ।
(३) तीनजना सदस्य उपस्थित भएको इजलाशमा तीनैजना सदस्यको एकमत वा दुईजना सदस्यको बहुमत कायम भए सो मत अदालतको निर्णय मानिनेछ ।
(४) दुईजना सदस्य उपस्थित भएको इजलाशमा एकमत कायम नभए कारबाहीको हकमा अध्यक्ष सहितको इजलाश भए अध्यक्षको राय बमोजिम र अध्यक्ष बाहेकको इजलाश भए वरिष्ठ सदस्यको राय बमोजिम गर्नु पर्नेछ मुद्दाको फैसला वा अन्तिम आदेशको हकमा पहिला अनुपस्थित रहने सदस्य समक्ष पेश गरी निजले समर्थन गरेको राय अदालतको निर्णय मानिनेछ ।
(५) उपदफा (४) बमोजिम पहिला अनुपस्थित रहने सदस्य समक्ष पेश गर्दा पनि बहुमत कायम हुन नसकेमा निर्णयको लागि सर्वोच्च अदालत समक्ष पेश गर्नु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम पेश गरेको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार प्रदान गरी सुनवाई गर्नेछ ।
(७) उपदफा (५) बमोजिम पेश हुन आएको मुद्दाको सुनवाई सर्वोच्च अदालतको एक न्यायाधीशको इजलाशबाट गरिनेछ र सो इजलाशबाट भएको निर्णय नै विशेष अदालतको निर्णय मानिनेछ ।
(८) विशेष अदालतमा एकभन्दा बढी इजलास कायम गर्नु परेमा इजलास गठन गरी मुद्दा तोक्ने काम अध्यक्षले गर्नेछ ।
(९) अध्यक्ष अनुपस्थित रहेको अवस्थामा उपदफा (८) बमोजिमकोअध्यक्षको अधिकार उपस्थितमध्येको वरिष्ठ सदस्यले प्रयोग गर्नेछ ।”